नेपाल तामाङ घेदुङको नवौं महाधिवेशनबाट अध्यक्षमा पुनः मोहन गोले तामाङ निर्वाचित भएको छ । फागुन २९ गतेबाट काठमाडौंमा सुरु भएको महाधिवेशनमा मंगलबार राति सम्पन्न निर्वाचनबाट अध्यक्ष पदमा ४ सय १ मतका साथ गोले विजयी भएको हो । सहअध्यक्षमा कुमार घिसिङ्गले ३ सय २१ मत प्राप्त गरी विजयी भएको छ ।

May be an image of 4 people, people standing and indoor

अर्का अध्यक्ष उम्मेदवार बेली लामाले १ सय ७ र मित्रसेन योञ्जनले १ सय ४६ मत प्राप्त गरेका छन् । मत संख्या ६८३ मध्ये जम्मा ५२३ मत खसेको थियो । त्यस्तै घेदुङको वरिष्ठ उपाध्यक्षमा रामकृष्ण ब्लोन उपाध्यक्षमा सोमबले तामाङ, नरबहादुर मोक्तान, धर्म डुम्जन, मानबहादुर तामाङ, दिपक वाइबा महिला उपाध्यक्षमा सनञ्चकुमारी ब्लोन, सिता लामा महासचिव काजीमान थिङ उपमहासचिवमा जगतमान दोङ, हर्कमान तामाङ सचिवमा जयमान वाइवा, गोमानसिं तामाङ, बेलबहादुर तामाङ, बिनाकुमारी माम्बा कोषाध्यक्षमा रुपबहादुर योन्जन र सहकोषध्याक्षमा सावित्री तामाङ निर्वाचित भएका छन् ।