Comments Add Comment

बन उपभोक्ता समुहले विद्यालयलाई दराज सहयोग

मकवानपुरगढी ४ मा रहेको मनकामना सामुदायिक बन उपभोक्ता समुहले प्रतिभा प्राथमिक विद्यालयलाई एक थान स्टिल दराज सहयोग गरेको छ। सोही वडामा रहेको विद्यालयलाई बन उपभोक्ता समूहले शुक्रवार दराज सहयोग गरेको हो । सामुदायिक बन उपभोक्ता समुह अध्यक्ष सर्कलाल लो ले विद्यालय अध्यक्ष धन बहादुर रुम्बा र प्रधानाध्यापक साधुराम पुडासैनीलाई एक समारोह बीच दराज हस्तान्तरण गरेका थिए ।

विद्यालयको महत्वपूर्ण कागज सुरक्षित नरहने देखिए पछि बन उपभोक्ता समिती मार्फत सहयोग उपलब्ध गराएको अध्यक्ष लोले बताए। अध्यक्ष लोका अनुसार केही समयअगाडि विद्यालयमा ढोका तोडेर चोरी भएको थियो । हस्तान्तरण कार्यक्रममा उपभोक्ता समिति सदस्य शान्ति गोले, कार्यालय सचीव होमबहादुर मोक्तान र अभिभावक तथा शिक्षा प्रेमी शुसान्त गोले र अभिभावक तथा स्थानीय लगायतको उपस्थिति थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर