मकवानपुर । प्रमुख प्रतिपक्षी दल (नेकपा माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रास्वपा सभापति रवि लामिछाने निक्कै दुब्लाएको प्रतिक्रिया दिएका छन्।

नक्खु कारागारमा पुगेर रविलाई भेटेपछि उनले भैरहवा कारागारमा हुँदा निकै पीडामा खेपेको लामिछानेले बताएका उल्लेख गर्दै भने, ‘भैरहवामा हुँदा नाजुक हुन खोजेको रहेछ।

यहाँ आएपछि सुधार हुँदैछ तर उहाँ निक्कै दुब्लाउनुभएको छ। उहाँको अनुहारमै देखिन्छ, कमजोर भएको।’

भेटमा रविले भैरहवाको कारागार गोलघर जस्तै रहेको तर नख्खुमा धेरै राम्रो भएको भन्दै कारागारको प्रशंसा गरेको पनि अध्यक्ष दाहालले सुनाए।

लामिछानेले भनेको कुरा उल्लेख गर्दै अध्यक्ष प्रचण्डले भने, अदालतले तोकेको बिगो बैंक धरौटी राखेर म बाहिरै बसेर मुद्दा लड्छु भन्दा पनि त्यो सुविधा पाइन, यति धेरै विभेद किन गरिएको होरु मैले बुझ्न सकेको छैन ।

राजनीतिक कुरा धेरै नगरेको बताउँदै उनले रविमाथि भएको विभेद कम होस् र वातावरण सहज होस् भन्ने नै आफ्नो चाहना रहेको सुनाए।

कांग्रेस(एमालेले जसरी व्यवहार गरेको छ, त्यसले आफ्नो पार्टीलाई फाइदा भएको छ भनेर रविले राम्ररी बुझेको आफूले पाएको पनि प्रचण्डले बताए।

आफैँमाथि बन्चरो हान्ने आत्मघाती कदम किन गरेको होला भनेर रविले राम्रैसँग बुझेको प्रचण्डले सुनाए।