Comments Add Comment

नयाँदिल्लीस्थित क्यानेडियन दूतावासले फिर्ता पठायो ८४ नेपालीको पासपोर्ट

नयाँदिल्लीस्थित क्यानेडियन दूतावासले ८४ जना नेपाली नागरिकको पासपोर्ट परराष्ट्र मन्त्रालयअन्तर्गतको राहदानी विभागमा फिर्ता पठाएको छ। भिसा आवेदनका लागि दिएका उक्त पासपोर्ट फिर्ता लिन लामो समयसम्म कोही नगएपछि जम्मा भएका ८४ जनाको राहदानी दूतावासले राहदानी विभागमा पठाएको हो ।

भिसाका लागि नयाँदिल्लीस्थित क्यानेडियन दूतावासमा बुझाइएका तर लामो समयसम्म आवेदक पासपोर्ट बुझ्न नगएपछि दूतावासले  फिर्ता पठाएको राहदानी विभागका महानिर्देशक रामकाजी खड्काले जानकारी दिए। क्यानेडियन दूतावासले सम्बन्धित व्यक्तिलाई बुझाउन भन्दै राहदानी विभागमा पासपोर्ट फिर्ता पठाए पनि फिर्ता आएका पासपोर्ट लिन कोही नआएको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर