काठमाडौं – सुनको भाउले रेकर्ड ब्रेक गर्ने क्रम जारी छ । यसैक्रममा बिहीबार सुनको भाउ प्रतितोला ५ सय रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ तोलाको ९९ हजार रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९८ हजार ५६० रुपैयाँ निर्धारण भएको छ ।

यो अहिलेसम्मकै सर्वाधिक बढी मूल्य हो । यता, चाँदी भाउ भने स्थिर (प्रतितोला १२ सय २५ रुपैयाँ)मा छ । बुधबार छापावाल सुनको भाउ तोलाको ९८ हजार ५ सय रुपैयाँ कायम भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९८ हजार ६५ रुपैयाँ निर्धारण भएको थियो । चाँदी भाउ प्रतितोला १२ सय २५ रुपैयाँ कायम भएको थियो ।