नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति मकवानपुरकाे नियमित प्रविधीमैत्री प्रशिक्षण कार्यक्रमकाे १७ अाैं सत्र अाज अध्यक्ष श्रीराम दाहालकाे अध्यक्षतामा सम्पन्न भएकाे छ।

मुलुकमा विद्यमान काेराेना भाईरस संक्रमण पछि भएकाे लकडाउनका कारण प्रविधिमा अाधारित जुुम एपमार्फत सम्पन्न प्रशिक्षणलाई प्रशिक्षक बार एशाेसियसन बारा जिल्लाका उपाध्यक्ष ठाकुरराम भण्डारीले सहजीकरण गर्नुभएकाे थियाे । प्रशिक्षक भण्डारीले विद्यालय शान्तिक्षेत्र भएका कारण शिक्षा क्षेत्रमा उठ्नेगरेका मूल कानुनी समस्या र त्यससंग जाेडिने कानुनी पक्षबारे प्रशिक्षण दिनुभएकाे
जिल्ला प्रचार विभाग प्रमुख सुनिल गाैतमले बताउनुभयाे ।

कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठन वाग्मति प्रदेस संगठन सचिवालय सदस्य माेहन शर्मा,पार्वती रिजाल,शिक्षक महासंघ राष्ट्रिय समिति पूर्व केन्द्रीय सदस्य रमेशप्रसाद लामिछाने, संगठन पाल्पा अध्यक्ष रामप्रसाद ढकाल, रुपन्देही अध्यक्ष माेतिलाल सुवेदी, लम्जुङ अध्यक्ष राजु थापा, शिक्षक महासंघ मकवानपुर अध्यक्ष जीधराज ढकाल, संगठन पर्वत अध्यक्ष चिरञ्जीवी अधिकारी, रसुवा अध्यक्ष माेचनाथ न्याैपाने,प्यूठान जिल्ला सचिव ज्ञानहरि रिजाल, मकवानपुर उपाध्यक्ष लक्ष्मी गजुरेल, सल्लाहकार,पिताम्वर वास्ताेला, लक्ष्मी चाैलागाई, काेषाध्यक्ष जयप्रसाद पाेखरेलकाे उपस्थिति रहेकाे थियाे ।

त्यसैगरी कार्यक्रममा मकवानपुर सहसचिव प्रतिमा गाैतम सहकाेषाध्यक्ष चन्द्रादेबी लामा बल, सचिवालय सदस्य कृष्ण पाैडेल, शिक्षक सहकारी अध्यक्ष सिताराम दाहाल, प्रचार विभाग प्रमुख सुनिल गाैतम,सदस्य सविता लामिछाने, भावना सापकाेटा, लक्ष्मी अधिकारी, नारायण प्रसाद कँडेल, हेटाैडा नगर अध्यक्ष मुकुन्द न्याैपाने, मकवानपुरगढी अध्यक्ष शिबप्रसाद लामिछाने, भिमफेदी अध्यक्ष कृष्ण पाेखरेल ,थाहानगर अध्यक्ष रमेशमान डङ्गाेल रसुवा का बिष्णुप्रसाद पाैड्याल,लगायतकाकाे उपस्थिती रहेकाे थियाे ।

भाेलि हुने १७ अाैं सत्रमा पनि देशका अन्य थप बिभिन्न जिल्लाबाट पनि सहभागिता गराउने अध्यक्ष श्रीराम दाहालले जानकारी दिनुभयाे । बैशाख २२ गते हुने प्रशिक्षण नियमित जस्तै दिउसाे १२:०५ हुने छ ।