लामो समय देखि मिर्गौलासँग सम्बन्धीत समस्याबाट पिडित प्रधानमन्त्री केपी शर्मा ओलीको थप उपचार अमेरिकामा हुने भएको छ । मिर्गौला रोगसम्बन्धी थप उपचार अब अमेरिकामा हुने बताइएको छ । यसका निम्ति प्रधानमन्त्रीकी निजी चिकित्सक डा. दिव्या सिंह शाह आवश्यक कागजातसहित कात्तिक २४ मा टर्किस एयरको दिउँसो २ः४० को उडानबाट अमेरिका पुगेर परामर्शमा जुटेकी छिन् ।
विदेश मामिला सल्लाहकार डा. राजन भट्टराई पनि नोभेम्बर १३ र १४ (कात्तिक २७ र २८)मा क्यापिटल हिलमा हुने एक कार्यक्रमका नाममा त्यतातिर लागेको भए पनि दुवैको उद्देश्य प्रधानमन्त्रीको स्वास्थ्यबारे परामर्श नै भएको बालुवाटार स्रोतले बताएको छ । मिर्गौला प्रत्यारोपणका अनेक विधि छन् । भएकै मिर्गौलालाई नचलाई अर्को राख्न सकिने उपयबारे पनि सल्लाह भइरहेको बताइन्छ ।
पुँजी विकास बचत तथा सहकारी, न्युरोडका अध्यक्ष तथा नेकपा कार्यकर्ता श्याम श्रेष्ठ (पुरानो घर सिन्धुपाल्चोक हाल बौद्ध निवासी)ले आठ वर्षअघि दिल्लीको मेदान्त अस्पतालमा प्रत्यारोपण गराएपछि उनको शरीरमा चारवटा किड्नी छन् । जनआस्था साप्ताहिकमा खबर छ ।