2025-12-05 9:23 pm

फेरी पहिरन कै कारण ट्रोलको चेपमा बर्षा

वर्षा राउत पहिरनकै कारण ट्रोलको सिकार भएको धेरै भएको छैन। अस्ट्रेलियामा खिचेको एक तस्बिर भाइरल नै भएपछि अधिकांश कार्यक्रममा वर्षा शरीर ढाक्ने पहिरन नै पहिरन्थिन् तर समय अब कहाँ उस्तै हुँदो रहेछ र !

संजोग कोइरालाको साथले पनि होला फेरि वर्षा खुलेको पहिरनमा निधक्क हिँड्न थालेकी छन्। हालै एक कार्यक्रममा उनी कालो रङको लामो गाउनमा उपस्थित भइन्। उनको उपस्थितिमा क्यामेराको भिड तेर्सियो। उनी नहिच्किचाई मिडियामा पोज दिन थालिन्। आखिर वर्षाले बुझिसकिन्, यहाँ बिक्ने भनेकै ग्ल्यामर हो। फेरि जोवन रहुञ्जेल त हो, ग्ल्यामर पनि ! त्यसमाथि, जे बिक्छ त्यही त टिक्छ ! हैन त म्याडम !

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

00000

लेखकको बारेमा

वरिष्ठ समाचार लेखक

0 लेखहरू
1970-01-01 सदस्य भएको
0 कमेन्टहरू
Ad
Ad