गीत गजलले आफ्नो प्रदर्शन मिति तोक्यो

अनलाइन पत्र संवाददाता२०७६-०३-२६ No Comments

सिनेमा गीत गजल ले प्रदर्शन मिति घोषणा गरेको छ। सिनेमाको फस्र्ट लुक्स सहित प्रदर्शन मिति तोकिएको हो। नितीन चन्दको निर्देशनमा निर्माण भएको सिनेमा गीत गजलले असोज २४ लाई आफ्नो प्रदर्शन मिति तोकेको हो।

गीत गजललाई आरोहण छेत्रीले निर्माण गरेका हुन् भने रूप पोख्रेल र आरोही सिंह मुख्य भूमिकामा देखिनेछन्। सिनेमा निर्माण पक्षले केही दिनमा गीत गजलको पहिलो औपचारिक गीत छ कि छैन तिमी लाई थाहा सार्वजनिक गर्ने तयारी गरिरहेको छ। जसमा सुरेश लामा र अन्जु पन्तको स्वर रहने छ ।

गीत गजलुमा अस्मित पोखरेलको कथा, पटकथा तथा संवाद, बाबु श्रेष्ठको छायांकन, अर्जुन पोखरेलको संगीत, उत्तम बनेपाली र तेन्जीन भुटियाको ड्रेस डिजाइन, सुदीप कुँवरको मुख्य सहायक निर्देशन, अर्जुन जिसीको सम्पादन रहेको छ।

By  अनलाइनपत्र संवाददाता

​Onlinepatra.com एक नेपाली समाचार पोर्टल हो जसले राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार, राजनीति, प्रान्तीय अपडेट, मनोरञ्जन, खेलकुद, र थप विविध सामग्री प्रदान गर्दछ। यो प्लेटफर्म Online Patra Media Pvt. Ltd. द्वारा सञ्चालित छ, जुन हेटौडा, मकवानपुर, नेपालमा आधारित छ।

More news from this author
Ad
Ad