Menu

सभामुख महरामाथि यौन दुर्व्यवहारको आरोप

सभामुख कृष्णबहादुर महरामाथि एक महिलाले यौन दुर्व्यवहारको आरोप लगाएकी छिन् । संसद सचिवालयमै कार्यरत ती महिलाले सभामुख महराले आफूमाथि यौन दुर्व्यवहार गरेको आरोप लगाएकी हुन् ।

आइतबार साँझ आफ्नो कोठामा आएर सभामुख महराले रक्सीले मातिएर आफूमाथि अभद्र  र अश्लील हर्कत मच्चाएको ती महिलाले आरोप लगाएकी हुन् ।

उनले सभामुख महरासँग आफ्नो श्रीमानका कारण पहिलेदेखि नै चिनजान रहेको र कोठामा आउने–जाने पनि हुने गरेको बताउँदै आइतबार साँझ कोठामा आएर यस्तो हर्कत गरेको आरोप लगाएकी हुन् । सभामुख महराले आफूमाथि रिस पोख्न  यौन दुर्व्यवहारको आरोप लगाइएको बताएका छन् । सभामुख महराले भने, ‘उहाँले समायोजनको रीस पोख्नुभएको हो, उहाँले भनेजस्तो होइन ।’

सभामुख महराले आफूमाथिको आरोप निराधार भएको बताए । सभामुख महराको सचिवालयले भने सबै झुटो रहेको दाबी गरेको छ । महराको औपचारिक प्रतिक्रिया केहीबेरमा प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गर्ने तयारी भइरहेको सचिवालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

00000

लेखकको बारेमा

वरिष्ठ समाचार लेखक

0 लेखहरू
1970-01-01 सदस्य भएको
0 कमेन्टहरू
Ad
Ad