करेन्ट लागेर एक किशोरको मृत्यु

अनलाइन पत्र संवाददाता२०७७-११-२० No Comments

भानु नगरपालिका–१ मा करेन्ट लागेर एक किशोरको मृत्यु भएको छ। बन्दीपुर गाउँपालिका–४ डुम्रेका १६ वर्षीय स्वरुप तामाङको चुँदी खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। चुँदी खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा तामाङको मृत्यु भएको इलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रेका इञ्जार्च प्रहरी निरीक्षक प्रकाश भुसालले जानकारी दिए। उाका अनुसार करेन्ट लागेर तामाङ मृतावस्थामा खोलामा भेटिएपछि स्थानीयले प्रहरीमा खबर गरेका थिए ।

Ad
Ad