हेटौंडा उपमहानगरपालिका वडा नम्बर ७,८ र १५ मा पर्ने चित्रेपानी सामुदायिक वन उपभोक्ता समुहले आगोबाट बनजंगल बचाऔं भन्ने नारा सहित वन डढेलो नियन्त्रण सम्वन्धि सप्ताहव्यापी कार्यक्रम सुरु गरेको छ । चित्रेपानी सामुदायीक वन उपभोक्ता समुहको ब्लक नं १ क्षेत्रमा शुक्रबार पहिलो दिन वन डढेलो नियन्त्रण सम्बन्धि कार्यक्रम गरेको हो ।

बन समुहकी अध्यक्ष बालकुमारी थापाको अध्यक्षतामा भएको कार्यक्रममा सब डिभिजन वन कार्यालय रातोमाटेको बन रक्षक रमेश थारुको प्रमुख आतिथ्यता रहेको थियो भने सब डिभिजन रातोमाटेका कृष्ण प्रसाद काफ्ले ,प्राविधिक सुविज्ञा घिमिरे , चित्रेपानी सामुदायीक वन उपभोक्ता समुहका कानुनी सल्लाहाकार कृष्ण थापा मगर ,समुहका सदस्यहरु तथा उपभोक्ता लगायतको उपस्थिति रहेको थियो ।

No description available.

कार्यक्रमका प्रमुख अतिथि थारुले बनलाई आगोबाट बचाउन गर्नुपर्ने उपायहरुको बारेमा जानकारी गराएका थिए । चैत्र ७ गतेबाट जारी बन डढेलो नियन्त्रण सम्वन्धी सप्ताहाव्यापी कार्यक्रम १३ गते सम्म सन्चालन हुनेछ । कार्यक्रममा राप्ती सबडिभिजन पालुङमा कार्यरत प्रमोद रिमालको विहिबार दुर्घटनामा परि मृत्यु भएकाले मौनधारण पनि गरिएको थियो । कार्यक्रम सन्चालन समुहका सचिब ऋषिराम गौतमले गरेका थिए ।