बडा दशैंको अवसरमा हेटौडा उपमहानगरपालिका वडा नंम्बर ७ स्थित नागस्वतीमा शनिबारबाट वडा स्तरिय फुटबल प्रतियोगिता सुरु भएको छ । जागकरण टोलको आयोजनामा बडा दशैँको अवसर पारेर प्रतियोगिता सुरु गरेको हो । शनिबार ७ नम्बर वडाध्यक्ष राजन थापाको प्रमुख आतिथ्यतामा प्रतियोगिता सुरु भएको हो । शनिबार भएको उद्घाटन खेलमा नर्मन मुस्कान टोलले विजयी सुरुवात गरेको छ ।

आयोजक जागरण टोललाई ४–१ को फराकिलो गोल अन्तरले पराजित गरेको छ । जारी प्रतियोगितामा आईतबारको पहिलो खेलमा वनदेवी एफ.सि. ले किरणचोक एफ.सिलाई २ –१ गोल अन्तरले पराजित गरेको छ र्। प्रतियोगिताको म्यान अफ द म्याच वनदेवीका विनोद घिमिरे भएका छन । यस्तै दोस्रो खेलमा अगराठे फुटवल टिमले हरियाली फुटवल टिमलाई ६–० को फराकिलो गोल अन्तरले पराजित गरेको छ । उक्त खेलको म्यान अफ द म्याच अगराठेका अमित ब्लोन भएका छन । प्रतियोगिता अन्तर्गत सोमबारको पहिलो खेलमा नवज्योती फुटवल टिम र न्यु चिसापानीले खेल्नेछन भने दोस्रो खेलमा ७ नं भेट्रान्स र जागरण फुटवल टिम बिच खेल हुने आयोजकले जनाएको छ ।

प्रतियोगिताको प्रथम हुने टिमले ४५ किलोको खसि , शिल्ड र प्रमाण पत्र प्राप्त गर्नेछन भने दित्तिय हुने टिमले ३५ किलोको खसि ,शिल्ड र प्रमाणपत्र प्राप्त गर्नेछन । यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडि , हरेक खेलको म्यान अफ द म्याच लाई पनि आकर्षक पुरस्कारको व्यवस्था रहेको जनाइएको छ । प्रतियोगिताको फाइनल खेल आगामी २३ गते हुने छ । रजत महोत्सव मनाईरहेको फुटबल प्रतियोगितामा अग्रज खेलाडी तथा सञ्चारकर्मी गोकुल अधिकारीलाई सम्मानित गरेका छन् ।

No description available.