फ्रेन्च लिग वान अन्तर्गत पिएसजीले लगातार आठौं जित हासिल गरेको छ । शनिबार राती सम्पन्न खेलमा पिएसजीले मोन्टपेल्लिएरलाई २–० गोल अन्तरले पराजित गरेको हो । पिएसजीको जितमा इड्रीसा गुएय र जुलियन ड्राक्सलरले एक एक गोल गरेका थिए । गुएयले खेलको १४औं मिनेटमा गोल गर्दै शुरुवाती अग्रता दिलाएका थिए भने ड्राक्सलरले खेलको ८८औ मिनेटमा दोस्रो गोल गरेका थिए ।

घुँडामा समस्या भएका लियोनेल मेसी पिएसजीको यस खेलमा पनि खेलेका थिएनन् । उनी अघिल्लो खेलमा पनि अनुपस्थित थिए । यो जितपछि पिएसजीको ८ खेलमा २४ अंक भएको छ र लिगको शिर्ष स्थानमा रहेको छ । त्यस्तै मोन्टपेल्लिएरको ८ खेलमा ९ अंक रहेको छ ।