Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

बाइडेनले पेन्सिलभेनियामा पनि ट्रम्पलाई पछि पारे

Company Register

अमेरिकी राष्ट्रपति चुनावमा डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेन विशाल जिततर्फ उन्मुख भएका छन् । २६४ इलेक्टोर भोट प्राप्त गरिसकेका बाइडेनले पेन्सिलभेनिया र जर्जियामा समेत अग्रता बनाएपछि उनी विशाल जिततर्फ उन्मुख भएका हुन् । ६ इलेक्टोरल भोट भएको नेवाडामा पनि उनले पहिलेदेखि नै अग्रता जारी राखेका छन् । राष्ट्रपतिमा निर्वाचित हुन उनलाई ६ इलेक्टोरल भोटको खाँचो रहेका बेला थप दुई राज्यमा अग्रता बनाए पछिरिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पको सम्भावना सकिँदै गएको छ ।

Advertisement

हालसम्म ट्रम्पले २१४ इलेक्टोरल भोट मात्र प्राप्त गरेका छन् । यसअघि ट्रम्पले यी दुई राज्यमा अग्रता लिइरहेका थिए । २० इलेक्टोरल भोट रहेको पेन्सिलभेनियामा बाइडेनले ५ हजार ५९४ मतले अग्रता लिएको फक्स न्यूजले जनाएको छ । बाइडनले ३२ लाख ९५ हजार ३१९ र ट्रम्पले ३२ लाख ८९ हजार ७२५ मत प्राप्त गरेका छन् । यो दुई प्रतिशत मत गणना बाँकी हुँदासम्मको परिणाम हो । योसँगै निर्वाचन परिणाम आउन बाँकी रहेका पाँच मध्ये तीन राज्यमा बाइडेनले अग्रता लिएका छन् । १६ प्रतिशत मत गणना बाँकी रहेको नेवाडा र एक प्रतिशत मत गन्न बाँकी रहेको जर्जियामा पनि वाइडनको अग्रता जारी छ । नेवाडामा ६ र जर्जिमा १६ इलेक्टोरल छन् । ६ प्रतिशत गणना बाँकी रहेको नर्थ क्यारोलिना र ५० प्रतिशत गणना रहेको अलास्कामा ट्रम्पको अग्रता छ । क्यारोलिनामा १५ र अलास्कामा ३ इलेक्टोरल भोट छ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Loading...