इजरायलको राजधानी जेरुसलेमनजिकै झण्डै ९ हजार वर्ष पुरानो महानगर भेटिएको छ। जेरुसलेममा नयाँ प्रवेशद्वार बनाउने क्रममा उक्त नवपाषाणकालीन बस्ती भेटिएको हो।

बस्तीसँगै विभिन्न प्राग ऐतिहासिक औजार, गरगहना, मूर्ति, बिउ र अन्य वस्तु पनि उत्खनन गरिएको छ।

ठूला संरचनाको जगलगायत सार्वजनिक र रीतिरिवाजका लागि प्रयोग गरिने स्थल पनि भेटिएका छन्।

यस उत्खननबाट नवपाषाणकालबारे नयाँ ज्ञान प्राप्त हुन सक्ने बताइएको छ।