Comments Add Comment

ललितपुर झडप : पक्राउ परेकालाई बिना शर्त रिहाइ गर्न माग

विश्व हिन्दू महासंघले रातो मच्छिन्द्रनाथको रथयात्राका क्रममा ललितपुरमा बिहीबार स्थानीय युवाहरू र प्रहरीबीच भएको झडपको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको छ । अहिले कोरोना महामारीको विषम परिस्थितिमा पनि आयोजक गुठीले आफ्नो संस्कृति र परम्परालाई निरन्तरता दिने कार्य गरेकोप्रति सरकारले सहजीकरण गरिदिनु बुद्धिमता हुने उल्लेख गर्दै महासंघले सरकारले त्यसो गर्ने अनुमति नदिनु दुखद भएको बताएको छ।

हाम्रो धर्म, संस्कृति, परम्परा र सामाजिक सद्भावलाई कायम राख्दै आयोजक पक्ष अगाडि बढ्नु आफ्नो कर्तव्य पनि भएको उल्लेख गर्दै महासंघका महासचिव अस्मिता भण्डारीद्वारा जारी विज्ञप्तिमा रातो मच्छिन्द्रनाथको रथयात्रा क्रममा भएको झडपका कारण घाइते भएका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको पनि उल्लेख छ। विज्ञप्तिमा पक्राउ गरिएका सम्पूर्णलाई बिना शर्त रिहाइको माग गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर