माध्यमिक शिक्षा परिक्षा एसईई आजबाट सुरु हुने भएको छ । आज बिहान ८ बजेदेखि देशभर एकैसाथ परिक्षा सुरु हुनेछ । कोभिड महामारीका कारण गत दुई वर्ष विद्यालयको आन्तरिक मूल्यांकनको आधारमा परीक्षा बोर्डले नतिजा सार्वजनिक गरेको एसईई परीक्षा यस वर्ष परीक्षा केन्द्र तोकेर सञ्चालन गर्न लागेको हो ।

यसैबिच मकवानपुरबाट एसईईमा १ सय ३६ विद्यालयका ७ हजार १ सय ३८ जना परीक्षार्थी सहभागी हुँदैछन् । परीक्षालाई सभ्य र सहज वातावरणमा सम्पन्न गराउन सम्पूर्ण तयारी पूरा भइसकेको शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरका सूचना अधिकारी कृष्णप्रसाद पौडेलले जानकारी दिए । मकवानपुरमा २४ वटा केन्द्रहरू तोकिएको छ । मकवानपुरका १० वटा पालिकामध्ये ८ वटा पालिकामा परीक्षा केन्द्र तोकिएको छ ।