काठमाडौं – सन् २००९ सम्म भुटानमा नेपाली गीत संगीत रेकर्ड गर्नु त्यहाँका नेपालीभाषीहरुका लागि सपनाजस्तै थियो। कारण थियो, सन् १९९० को दशकको सुरुमा  भएको राजनीतिक हलचलसँगै सन्नाटा छाएको भाषिक गतिविधि। नेपालमा लामो समय शरणार्थीका रुपमा बसेका कयौ प्रतिभाहरुले आफ्नो प्रतिभा प्रस्फुटन गर्ने अवसर पाएका थिएनन्।  पुनर्वास प्रकियाबाट अमेरिका पुगेपछि भने धेरै नेपालीभाषी भुटानीहरुको संगीतमा रमाउने सपना पुरा भएको छ।

नेपाली गीत संगीतमा सक्रिय भएर रमाउने मध्यका एक हुन् गीतकार गोपाल लोहार।  नेपालमा रहदा उनले वरिष्ठ  निर्देशक तुलसी घिमिरेको सहाएक भएर चलचित्र क्षेत्रमा काम गर्ने  समेत मौका पाएका थिए।  हाल अमेरिकाको ओहायो बस्दै आएका लोहारको प्रडक्शन कम्पनी गोलो प्रडक्शन मार्फत १ दर्जन बढी म्युजिक भिडियो सार्वजनिक भैसकेका छन्।

हालै मात्र उनको शब्दमा रहेको  ‘राधा पियारी’  बोलको  नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ।  गीतमा वरिष्ठ संगीतकार तथा गायक वसन्त सापकोटा र चर्चित गायिका मेलिना राईको युगल गायन समावेश छ । स्वयम् वसन्त सापकोटाले संगीतवद्द गरेको गीतलाई नरेन्द्र वियोगीले संगीत संयोजन गरेका हुन्।

कमेडी फ्लेवरमा प्रस्तुत गरिएको म्युजिक भिडियोमा सुधिर श्रेष्ठ र गरिमा शर्मा बीचको अन्स्क्रिन  प्रेम र रोमान्स देख्न सकिन्छ। सन्तोष राजबहाकले कोरियोग्राफी गरेको भिडियोमा उत्सव  दहालले छायांकन रहेको छ। भिडियोलाई विकाश दहालले सम्पादन गरेका हुन्।

काजी लिम्बु र श्याम लामाको सयुक्त निर्देशनमा भिडियो तयार पारिएको हो। दशैँ र तिहारको शुभकामना सहित निर्माण टिमले यस म्युजिक भिडियोलाई हेरेर प्रतिक्रिया दिन आग्रह गरेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

तपाईको प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

लेखक

अनलाइनपत्र संवाददाता

वरिष्ठ समाचार लेखक

4173 लेखहरू
5 years पहिले सदस्य
0 कमेन्टहरू