Comments Add Comment

डम्बर नेपाली र दिपक लिम्बुको ‘याःराक्मा हौ सोल्टिनी ज्यु’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं – चर्चित गायक डम्बर नेपाली र दिपक लिम्बुको सामुहीक स्वरमा रहेको ‘याःराक्मा हौ सोल्टिनी ज्यु’ म्युजिक भिडियो सार्वजनिक भएको छ ।

कान्छा बाँजेको शब्द रहेको गीतको भिडियोमा मोडल एलिजा तुम्बाम्फो, गायक स्वयम नेपाली र लिम्बुले अभिनय गरेका छन् । लिम्बु भाषामा याःराक्मा भनेको धान नाँच हो ।

नेपाली टिपिकल शब्दमा तयार पारिएको गीतको भिडियोको रातोपुलस्थित रक हाउसमा एक कार्यक्रमको आयोजना गरि औपचारिक रुपमा सार्वजनिक गरिएको थियो ।  लिम्बु परिवेश र रहनसहनमा रहेको भिडियोको भुपेन्द्र तुम्बाहाम्फेले छायाँङ्कन तथा किरण चाम्लिङ राईले निर्देशन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर