यो वेवसाइट अनलाइन पत्र डट कम् को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषा र अँग्रेजी भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।
विष्णु माझि र कुलेन्द्रको ‘भिटामीन यु ’ बजारमा (भिडियोसहित)


काठमाडौं – लोकदोहोरी गायिका विष्णु माझि र गायक कुलेन्द्र विकको आवाजमा सजिएको ‘भिटामिन यु’ बाेलकाे गीत सार्वजनिक गरिएको छ । सो गीतलाई आफ्नो मनको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

Advertisement
कृष्ण केसीले कोरेको शब्दमा हरि लम्सालले संगीत भरेका छन् भने, कृष्ण विक (भान्जा) ले एरेञ्ज गरेका छन् ।
पछिल्लो समय विष्णु माझिको आवाजमा गीतहरु कमै आउन थालेका थिए । माझिका श्रीमान् सुन्दरमणि अधिकारीले उनको पारिश्रमीक बढाएका कारण उनको आवाजमा गीत कम रेकर्ड हुन थालेका हुन् । तर अहिले भने फाट्टफुट्ट उनको आवाजमा गीत रेकर्ड हुन थालेका छन् ।
उक्त गीतमा कलाकार पल शाह, दुर्गेश थापा र गरिमा शर्मा फिचर्ड छन् । जसमा मौसम हिमालीको निर्देशन र प्रविन भट्टको सम्पादन रहेको छ ।