Comments Add Comment

सुगम र प्रारम्भको आवाजमा नयाँ गीत ‘धन्यवाद’ सार्वजनिक (भिडियो)

लोकप्रिय गायक सुगम पोखरेल र प्रारम्भ भण्डारीको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ । ‘धन्यवाद’ बोलको गीत बुधवार प्रारम्भ भण्डारीको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । गीतमा सुगम पोखरेलको शब्द तथा सङ्गीत रहेको छ । सार्वजनिक गीतको भिडियोमा सुगम पोखरेल र प्रारम्भ भण्डारी पनि फिचर्ड छन् ।

गीतले संसारभर सङ्कट निम्त्याएको कोरोना भाइरस जस्तो विपदमा हरेस नखाई लड्नुपर्ने सन्देश दिएको छ । भय र त्रासको यो समयमा पनि रातदिन नभनी खटिरहेका स्वास्थ्यकर्मी ,सुरक्षाकर्मीहरू र सम्पूर्ण फ्रन्टलाइन वर्कर्सप्रति समर्पित गर्दै गीत मार्फत धन्यवाद दिइएको छ । गीतको भिडियो निर्देशन एलिन श्रेष्ठले गरेका हुन् भने उत्तम हुमागाईँ र असू बस्नेतले खिचेका हुन् । भिडियो सम्पादन लोकेश बज्राचार्यले गरेका हुन् ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर