काठमाडौँ – बहुप्रतीक्षित दक्षिण भारतीय फिल्म ‘कंगुवा’ को दोस्रो गीत ‘योलो’ मंगलबार सार्वजनिक भएको छ। सारेगम म्युजिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको यो गीतमा देवी श्री प्रसाद र शिल्पा रावको आवाज रहेको छ।

गीतमा मेल्लोव डीको शब्द छ भने अभिनेता सुर्या र अभिनेत्री दिशा पाटनीको तस्बिरको झलक प्रस्तुत गरिएको छ। ‘कंगुवा’ फिल्ममा सुर्या र दिशा पाटनीसँगै बबी देओल, योगी बाबू, प्रकाश राज, र जगपति बाबुको पनि मुख्य भूमिका रहेको छ।

फिल्मको निर्देशन शिवले गरेका हुन्, भने छायाङ्कन निशद युसुफले गरेका छन्। बबी देओललाई फिल्ममा खुंखार भिलेनको अवतारमा प्रस्तुत गरिएको छ। उनले अबरार नामक पात्रको भूमिका निर्वाह गरेका छन्, जसको १५ देखि २० मिनेटको विशेष भूमिका रहेको बताइएको छ।

यस फिल्मको प्रदर्शन मिति नोभेम्बर १४ तोकिएको छ। ३५० करोड भारतीय रुपैयाँभन्दा बढीको बजेटमा निर्माण गरिएको यो फिल्मलाई यस वर्षको सबैभन्दा महँगो भारतीय फिल्म मानिएको छ। ‘कंगुवा’ले आफ्नो भव्यता र स्टार कास्टका कारण दर्शकमा ठूलो उत्साह जगाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

तपाईको प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

लेखक

अनलाइनपत्र संवाददाता

वरिष्ठ समाचार लेखक

​Onlinepatra.com एक नेपाली समाचार पोर्टल हो जसले राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार, राजनीति, प्रान्तीय अपडेट, मनोरञ्जन, खेलकुद, र थप विविध सामग्री प्रदान गर्दछ। यो प्लेटफर्म Online Patra Media Pvt. Ltd. द्वारा सञ्चालित छ, जुन हेटौडा, मकवानपुर, नेपालमा आधारित छ।

555 लेखहरू
5 years पहिले सदस्य
0 कमेन्टहरू