काठमाडौं –नेपालमा छायांकन भएको बलिउड फिल्म ‘उचाइ’को ट्रेलर सार्वजनिक भएको छ। सुरज बडज्यात्याको निर्माण तथा निर्देशन रहेको फिल्मको ट्रेलर मंगलबार युट्युबमार्फत सार्वजनिक गरिएको छ।

फिल्ममा बुढेसकालमा सगरमाथा आरोहणका लागि भारतबाट नेपाल आएका तीनजना साथीको यात्रा कथा रहेको संकेत ट्रेलरले गरेको छ। फिल्ममा अमिताभ बच्चन, बोमन इरानी, अनुपम खेर र डेनी डेन्जोङ्पा मुख्य भूमिकामा देखिएका छन्।

अधिकांश छायांकन नेपालको हिमाली क्षेत्रमा गरिएको फिल्मको ट्रेलरमा मुख्य कलाकारहरू नेपाली ढाका टोपीमा पनि देखिएका छन्। यस वर्षको लागि प्रतीक्षित मानिएको फिल्मको ट्रेलरलाई दर्शकले उत्साहजनक प्रतिक्रिया दिएका छन्। बलिउडका दिग्गज मानिने चारजना कलाकार एउटै फिल्ममा रहेकाले पनि फिल्म ‘उचाइ’लाई विशेष फिल्म मानिएको छ।

सुनील गान्धीको कथा एवम् अभिषेक दीक्षितको पटकथा रहेको फिल्म नोभेम्बर ११ मा विश्वव्यापी रुपमा प्रदर्शनमा आउँदैछ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

तपाईको प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

लेखक

अनलाइनपत्र संवाददाता

वरिष्ठ समाचार लेखक

​Onlinepatra.com एक नेपाली समाचार पोर्टल हो जसले राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार, राजनीति, प्रान्तीय अपडेट, मनोरञ्जन, खेलकुद, र थप विविध सामग्री प्रदान गर्दछ। यो प्लेटफर्म Online Patra Media Pvt. Ltd. द्वारा सञ्चालित छ, जुन हेटौडा, मकवानपुर, नेपालमा आधारित छ।

815 लेखहरू
5 years पहिले सदस्य
0 कमेन्टहरू