Comments Add Comment

नेपाल आइडलका प्रविनको ‘छुट्नुपर्नेसँग’ सार्वजनिक (भिडियो)

नेपाल आइडल सिनज ३ मा सबै दर्शकको मन जित्दै आएका प्रविन बेडवालले नयाँ गीत सार्वजनिक गरेका छन् । समेशर राईको शब्द र शंकर थापा स्माइल थापाको संगितमा प्रविनको एकल स्वर रहेको छुट्नुपर्नेसँग बोलको गितको भिडियोसहित सार्वजनिक गरिएको हो । संगित एरेन्ज उदयराज पौडेलले गरेका छन् भने गितमा म्युजिक भिडियो निर्देशन देव जंग थापाले गरेका हुन् ।

भिडियोमा बिमला खाजुम र भरत महर्जनले अभिनय गरेका छन् । गीत सार्वजनिक गर्दै बेडवालले आफ्नो पहिलो गीत सुनेर प्रतिक्रिया दिन आग्रह गरेका छन् । शुक्रबार सार्वजनिक भएको गीतमा दर्शक तथा स्रोताहरुले राम्रो प्रतिक्रिया व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर