Coronavirus COVID-19

दैलेखमा क्‍वारेन्टाइनका लागि सामग्री लिएर जाँदै गरेकाे ट्रयाक्टर दुर्घटना

[Ads]

दैलेख – क्‍वारेन्टाइन र आइसोलेसनका लागि सामान लिएर गएको ट्रयाक्टर दैलेखमा दुर्घटनामा परेको छ। दुर्घटना तीन जना घाइते भएका छन्। जिल्लाको पश्चिममा पर्ने ठाटिकाध गाउँपालिका जाँदै गरेको ट्रयाक्टर दुर्घटना भएको हो। 

आइसोलेसन र क्‍वारेन्टाइन निर्माण सामग्री बोकेर सुर्खेतबाट ठाटिकाध जाँदै गरेको भे १ ख २७३० नम्बरको ट्रक्टर कर्णाली राजर्मागअन्तर्गत सियालामा दुर्घटना भएको दैलेखका प्रहरी प्रमुख हरि बहादुर ओलीले बताए।

ट्रयाक्टरमा सवार दुई जनालाई सामान्य चोट लागेको र चालकलाई गम्भीर चोट लागेको प्रहरी प्रमुख ओलीले बताए । घाइतेहरुलाई उपचारका लागि सुर्खेत पठाइएको प्रहरीले जनाएको छ।

सम्बन्धित शीर्षक
प्रतिक्रिया
Loading...