काठमाडौँ – नवनियुक्त तीन मन्त्रीले आज (बिहिबार) पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

राष्ट्रपति भवन शितल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थमन्त्री विष्णु पौडेल, शहरी विकास मन्त्री कृष्ण गोपाल श्रेष्ठ र महिला बालबालिका तथा जेष्ट नागरिक मन्त्री लिलानाथ श्रेष्ठलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएकी हुन् ।

प्रधानमन्त्री ओलीले हिजो केही मन्त्रीको जिम्मेवारी हेरफेर गर्दै तीन जना मन्त्री थपेका थिए।