नेपालमा आज थप १४४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४४ जनामा सं‌क्रमण देखिएको हो । आज ५ हजार ८ सय ५६ जनाको पीसीआर विधिबाट कोरोना संक्रमण परीक्षण गरेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएका छन् । नेपालमा कुल कोरोना संक्रमितको संख्या १६ हजार ९ सय ४५ पुगेको छ । आज १ हजार ७ सय ५ जना डिस्चार्ज भएको छ ।