खोटाङमा जीप दुर्घटना हुँदा सात जना घाइते भएका छन् । बिहीबार काठमाडौंबाट यात्रु लिएर दिक्तेलतर्फ जाँदै गरेको ना१ज ४९५६ नम्बरको टाटासुमो हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान गुराँसेमा दुर्घटना हुँदा सात जना घाइते भएका हुन् । साकेला गाउँपालिका–२ रतन्छाका काजीमान राई हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटारका नारायण बस्नेत उनकी श्रीमती निर्मला बस्नेत केपिलासगढी गाउँपालिका–२ खार्ताम्छा चोखानेका बिनाराम राई उनकी श्रीमती शारदा राई उनकै १ वर्षीय छोरा सोमराज राई र दिप्रुङ चुईचुम्मा गाउँपालिका–५ सछितापोखरीका डिबी खड्का घाइते भएका हुन् ।

घाइतेमध्ये काजीमानको अवस्था गम्भीर रहेको छ । उनको दाहिने हातको तीन औला छिनालिएको इलाका प्रहरी कार्यालय महादेवस्थान हलेसीले जनाएको छ । उनको ॐबाबा पोलिक्लिनिक हलेसिमा उपचार भइरहेको छ । अन्य घाइतेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । घट्ना लगत्तै चालक फरार छन् । अनियन्त्रित बनेको जिप सडकबाट करिब १५ मिटर तल खसेको प्रहरीले जनाएको छ ।