यो वेवसाइट अनलाइन पत्र डट कम् को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषा र अँग्रेजी भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

काठमाडौं – नेपाल एयरलाइन्सका वरिष्ठ क्याप्टेन विजय लामाले कोरोना संक्रमणलाई सामान्य रुपमा नलिन आग्रह गरेका छन्।
कोरोना संक्रमण भएर स्टार अस्पतालमा उपचाररत लामाले एक भिडियो सन्देशमार्फत उनले कोरोनालाई हल्का रुपमा नलिन र आफ्नो सुरक्षामा नचुक्न सबैलाई आग्रह गरेका छन्। उनले आफ्नो स्वास्थ्यमा उल्लेख्य सुधार भएको जानकारी दिँदै उनले आफू चाँडै निको भएर विदेशमा रहेका नेपालीलाई फर्काउने र राष्ट्रप्रति समर्पित हुने बताएका छन्।

Advertisement
क्याप्टेन लामाले आफू स्वस्थ्य भइरहेकाे र रोग जसलाई पनि लाग्न सक्ने भन्दै कोरोना लाग्दैमा नआत्तिन पनि भनेका छन्। उनले आफू स्वस्थ्य हुनुमा अस्पतालका सम्पूर्ण टोलीको योगदान रहेको भन्दै आफ्नो उपचारमा खटिएकाहरुलाई धन्यवाद पनि दिएका छन्।
भिडियो :