काठमाडौं – नेपालमा उद्यमशिलतालाई प्रवर्धन गर्ने उद्धेश्यसहित सञ्चालनमा आएको ब्यावसायिक सामाजिक सञ्जाल रोलिङ नेक्सस डट कमले महान चाडदशैंका अवसरमा रोलिङ बजार सुबिसु दशैं भिडियो कन्टेष्टको आयोजना गर्दैछ ।
आफ्नो मोबाइल फोनमा कुनैपनि गीत, नृत्य, टिकटक, पारिवारिक रमझममा आधारित भिडियोलाई कैद गरि रोलिङ नेक्सस प्रतियोगिता अन्तर्गतको कन्टेष्ट प्लेटफर्ममा अपलोड गर्नुपर्नेछ । सबै सहभागीहरुले एउटा कन्टेष्ट नम्बर पाउने छन् । भिडियोमा जसको बढी भ्यूज, लाइक, कमेन्ट, सेयर आउनेछ उसैलाई विजेता घोषणा गरिने रोलिङ प्लान्स प्रा।लीका एचआर म्यानेजर प्रभास राईले जानकारी दिए ।
यो योजनामा कुल पुरस्कार राशि एक लाख २४ हजार रुपैंयाँ बराबरको रहेको छ । प्रथम हुनेलाई ६१ हजार बराबरको पुरस्कार प्याकेज दिइनेछ भने दोस्रो हुने ४२ हजार र तेस्रो हुनेले २१ हजार रुपैंयाँ बराबरको पुरस्कार प्याकेज पाउनेछन् ।
यस्तै, कामना सेवा विकास बैंकले सात हजार नगद र रोलिङ नेक्ससले पाँच हजार रुपैंयाँ बराबरको सपिङ भाउचर पनि दिनेछ । सहभागिताका लागि रोलिङ नेक्ससको आधिकारिक वेभसाइटमा गइ लगइन गर्दै आफ्नो प्रोफाइल बनाउनु पर्नेछ । यो कन्टेष्ट कार्तिक ७ गतेदेखि मंसिर ७ गतेसम्म रहनेछ ।
यद्यपि, यो प्रतियागितामा सहभागिता जनाउन केही नियमहरुको पालना गर्न भने जरुरी छ । यो भिडियो प्रतियोगिता सबै नेपाली नागरिकहरुका लागि खुला रहेको र १८ वर्ष भन्दा माथिका सबैले सहभागिता जनाउन सक्नेछन् । अपलोड गर्न सकिने भिडियोको प्रकार मनोरञ्जनात्मक शिर्षक भित्र पर्नु पर्ने र यसमा नृत्य, गीत, कमेडी, नाटक तथा अन्य विधा समावेश हुनुपर्नेछ । अहिले सर्वाधिक लोकप्रिय रहेको टिकटक भिडियोहरु पनि यसमा समावेश गर्न सकिनेछ । भिडियो अपलोड गर्ने सहभागि भने भिडियोमा देखिनुपर्ने नियम छ ।
यो प्रतिश्पर्धामा सामेल हुन सहभागि हुन चाहानेले रोलिङ नेक्ससको आधिकारिक वेभसाइटमा गइ रजिष्टर गर्नुपर्नेछ । अपलोड गरिएको भिडियोको लम्बाइ कम्तिमा पन्ध्र सेकेण्डदेखि ९० सेकेण्डसम्मको हुनुपर्नेछ भने अधिकतम तीन सय एमबी साइजको हुनुपर्नेछ ।
दशैंका अवसरमा घर–परिवारमै बसेर समयको सदुपयोग गर्ने उद्धेश्यले रोलिङ नेक्सस अन्तर्गतको रोलिङ बजारले सुबिसु दशैं भिडियो कन्टेष्टको आयोजना गरेको राईले जानकारी दिए ।