आज २०७७ कार्तिक ०९ गते आइतवारको राशिफल

अनलाइन पत्र संवाददाता२०७७ कार्तिक ०९ No Comments

आजको पञ्चाङ्ग

बि.सं. २०७७ कार्तिक ०९ आइतवार। इ.सं. 25 October 2020 । शक संवत १९४२ । नेपाल संवत ११४० कौलाथ्व । प्रमादीदक्षिणायनशरद ऋृतुआश्विन शुक्लपक्षतिथि नवमी , ११:१७ बजे उप्रान्त दशमी नक्षत्र श्रवण , ०७:१० बजे उप्रान्त धनिष्ठा योग धृति ०७:१९ बजेदेखि शूल , २९:५५ बजे उप्रान्त वृद्धि करण कौलव ११:१७ बजेदेखि तैतिल , २३:२२ बजे उप्रान्त भद्रा चन्द्रराशि मकर । आनन्दादी योग गद । दिनमान २८ घडी ०२ पला । सूर्योदय ०६:११ बजे । सूर्यास्त बेलुका १७:२३

शारदीय नवरात्र। महानवमी। मन्वादि। स्याक्वत्याक्व। बौद्धावतार। धनिष्ठा पञ्चक १९:३१ बजे प्रारम्भ।

तपाईको आजको  राशीफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
शुभारम्भको चर्चा चल्नेछ । नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । सांस्कृतिक क्षेत्रमा रुची बढ्नेछ । धार्मिक कार्यमा सहभागी भईनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
भाग्यले विभिन्न अवसर जुराउनेछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । कला,साहित्यमा रुचि बढ्नेछ । घरमा अतिथीको आगमन हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
स्वास्थ्यमा खर्च बढ्नेछ । यात्रामा मालसामान हराउन सक्छ । सानो तिना समस्यामा अल्झिनुपर्नेछ । शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
भाग्यले विभिन्न अवसर जुराउनेछ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । नयाँ काम सुरु गर्ने समय छ । वाक्चतुर्याईँले सङ्कल्प सिद्घ हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । साथीभाइलेपनि राम्रै सहयोग जुटाउनेछन् । कहीँ–कतैबाट कुनै उपहार प्राप्त होला ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
ठीक समयमा सही निर्णय लिन सकिनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ । लाभदायक यात्रा हुनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
रोकिएका काम पुनः सुरु हुन सक्छन् । आर्थिक कारोवारमा सफलता पाइएला । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । लाभदायक यात्रा होला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
भाग्यले विभिन्न अवसर जुराउनेछ । प्रेम सम्बन्ध कसिलो हुनेछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । घरमा अतिथीको आगमन हुनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
महत्त्वपूर्ण कामको थालनी हुनेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । शुभ कार्यको चर्चा चल्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्नेछ । प्रेम सम्बन्ध कसिलो हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
स्वस्थ्य सम्बन्धी चिन्ता बढ्नेछ । साझेदारी काममा उल्झन आउनेछ । बन्न लागेको काम विग्रिनेछ । सामान हराउने वा चोरी हुने सम्भावना छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज नयाँ कर्यको सुरुवात गर्न सकिनेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । व्यापारमा मनग्ये धनलाभ हुनेछ ।

Ad
Ad