Comments Add Comment

रुपन्देहीमा ७० करोड लगानीमा सुविधासम्पन्न अस्पताल संचालन हुँदै

रुपन्देही – लामो समयदेखि सञ्चालनमा रहेको सिद्धार्थनगर सिटी हस्पिटलले लुम्बिनी रोडमा आफ्नै जग्गामा ६ फ्लोरमा बनेको भवनमा छिट्टै अस्पताल संचालनमा ल्याउने भएको छ ।

५५ हजार वर्ग फिट भवनमा संचालनमा आउन लागेको यो अस्पताल रुपन्देही जिल्लाकै पहिलो उच्च लगानीमा बनेको अस्पताल हो । यसको लागत झण्डै ७० करोड रहेको छ । भवन अन्तर्राष्ट्रिय स्तरको ठुलो भुकम्प आएको अवस्थामा पनि सेवा दिन सकिने अस्पताल व्यवस्थापनले जनाएको छ ।

जसमा बिरामीहरुलाई स्टेचरमा गुडाएर लाने र्याम्प र एकै पटकमा २ वटा स्टेचरको बिरामी लैजाने सक्ने ठुलो विद्युतीय लिफ्ट रहेको छ । अस्पतालमा लाइट र भेन्टिलेसनसहितका वार्डहरु रहने छ ।

सेवा लिन आउने बिरामीहरुलाई छिटो, छरितो सेवा दिनका लागि प्रत्येक विभागलाई डिजिटलाइज्ड बनाइनेछ । अस्पतालमा १५ शैयाका आकस्मिक कक्ष रहनेछ भने त्यसलाई पनि अति सिकिस्त, सिकिस्त र सामान्य गरी ३ प्रकारमा बर्गीकरण गरी सेवा दिइने अस्पतालले जनाएको छ ।

अस्पतलमा ३ वटा मोडुलर अत्याधुनिक अपरेशन थिएटर यस क्षेत्रमा नै पहिलो पटक सञ्चालन हुनेछ । ५ करोडको लागतमा अत्यन्त एडभान्स ६४ स्लाइस सिटि स्क्यान रहनेछ । मुटुका विरामीलाई सेवा दिनका लागि जर्मनमा निर्मित मेशिनद्वारा इको, टिएमटी, होल्टर मेडुलर सिसियु संचालन हुनेछन् ।

मोडुलर ओ.टी मा न्युरो, हाड जोर्नी, सामान्य सर्जरी, महिला सम्बन्धी सम्पूर्ण अपरेशन हुनेछ । मोडुलर आई.सि.यु जर्मनमा निर्मित स्तरिय भेन्टीलेटर तथा मोनिटर रहने छ । बिरामीको सहजताका लागि घरायसी बातावरण भएको वातानुकुलीत सुबिधासम्पन्न क्याविनहरु बनाईएको

छ ।
यस अस्पताल नजिकै अन्तर्राष्ट्रिय एयरपोर्ट र लुम्बिनी भएको हुँदा विदेशी पाहुनाहरुको सहजताको लागि १८०० स्क्वायर फिटको अन्तर्राष्ट्रिय कम्प्लेक्स रहेको छ । जसमा ओ.पि.डी, अर्वजर्भेसन बेड र दुई वटा होटलजस्तै सुइट रुम क्याबिन रहेको छ । अस्पतालमा स्थानीय स्तरका ख्यातीप्राप्त केही डाक्टरहरु र काठमाडौंका अनुभवी तथा ख्याती प्राप्त डाक्टरहरु बाट विशेष किसिमको सेवा सञ्चालन गरिनेछ ।

नेपाल सरकारको नयाँ निर्देशिका तथा मापदण्ड अनुरुप सञ्चालनमा आउने अस्पतामा १ सय बेड रहने छ । अस्पतालमा प्युठान, अर्घाखाची, गुल्मी, पाल्पा पाहाडी क्षेत्र, कपिलबस्तु, नवलपरासी, रुपन्देही र भारतीय सीमा क्षेत्रका विरामीले समेत गुणस्तरीय उपचार सेवा प्राप्त गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर