Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

पाथीभरा माताले तपाईको मनोकामना पूरा गरुन् ! हेर्नुहोस् , २०७७ वैशाख २२ गते को राशिफल

Company Register

आजको पञ्चाङ्ग

बि.सं. २०७७ वैशाख २२ गते सोमवार ।  इ.सं. 04 May 2020 । शक संवत १९४२ । नेपाल संवत ११४० बछलाथ्वप्रमादीउत्तरायण वसन्त ऋृतु वैशाख शुक्लपक्ष तिथि द्वादशी , २४:१३ बजे उप्रान्त त्रयोदशी । नक्षत्र उत्तरफाल्गुनी , १६:४३ बजे उप्रान्त हस्त । योग व्याघात ०५:५७ बजेदेखि हर्षण , २८:५५ बजे उप्रान्त सिद्धि । करण वव १३:२६ बजेदेखि वालव , २४:१३ बजे उप्रान्त गर । चन्द्रराशि कन्या । आनन्दादी योग श्रीवत्स । दिनमान ३३ घडी ०६ पला । सूर्योदय ०५: २४ बजे । सूर्यास्त १८: ३९बजे ।

Advertisement

वैष्णवहरूको मोहिनी एकादशी व्रत। कोका–कौशिकी संगममा मत्स्यदर्शन।

तपाईको आजको  राशीफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

बन्धु बान्धवबाट विशेष सहयोग मिल्नेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । साँझपख शुभ समाचार आउन सक्छ ।   

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

आज प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेकोछ । कूटनीतिक नियोगको सहयोग मिल्ला । प्रविधि मार्फत काम अघि बढ्न सक्छ ।     

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । प्रेमी/प्रेमिकाका बिच खिन्नता बढ्नेछ । सौन्दर्यतामा धन खर्च हुनेछ । मुद्दा मामिला आउन सक्छ ।       

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

यात्रा सफल नै हुन्छ, तर लामो यात्राबाट हानि हुनसक्छ । मानसम्मान प्राप्त हुने सम्भावना छ । धार्मिक र सांस्कृतिक गतिविधिमा संलग्न हुनु पर्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

आज नयाँ–नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । लगनशीलताले कामहरु अगाडी बढ्नेछन् ।    

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

आज बौद्धिकताको विकास हुने र पराक्रममा वृद्धि हुनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

आज मनमा निरासा र शरीरमा आलस्य आउला । प्रेमी प्रेमिकाका बिच खिन्नता बढ्न सक्छ । पारिवारिक जमघट र सद्भाव हुनेछ ।       

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

आज मनमा प्रसन्नता छाउनेछ । विद्या र बुद्धिको विकास हुनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । शुभकार्यको चर्चापनि चल्नेछ ।   

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

आज शत्रुमाथि विजय प्राप्त हुन सक्छ । श्रममूलक वा कृषिक्षेत्रका काममा मन जानेछ । शुभकार्यको चर्चा चल्ने र योजनापनि बन्नेछ ।          

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

सांस्कृतिक क्षेत्रमा रुची बढ्नेछ । इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन् । मित्र वा आफन्तको सहयोग मिल्नेछ । यात्राबाट टाढै रहनु राम्रो ।           

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

भाग्यले साथ दिए पनि मनमा शंका तथा डरका कारण बनिसकेको काममा दुविधा उत्पन्न हुन सक्छ । प्रेमप्रसङ्गमा नरमाइलोपन आउन सक्छ ।

मीन (दि, दु, , , , दे, दो, चा, चि)

कला र गलाको प्रभाव बढ्नेछ । सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । ज्यो.प. नारायणप्रसाद दुलाल

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...