Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

आज मिति २०७६ चैत ०६ गते बिहीवार , तपाइको आजको राशिफल हेर्नुहोस्

Company Register

आजको पञ्चाङ्ग

बि.सं. २०७६ चैत ०६ गते बिहीवार । इ.सं. 2020 March 19 । शक संवत १९४१ । नेपाल संवत ११४० चिल्लागा । परिधावी संवत्सरउत्तरायण वसन्त ऋृतु चैत्र कृष्णपक्षतिथि दशमी , ७:३९ बजे उप्रान्त एकादशी । नक्षत्र उत्तराषाढा , १७:३३ बजे उप्रान्त श्रवण । योग परिघ , १४:२७ बजे उप्रान्त शिव । करण भद्रा ७:३९ बजेदेखि वव , १९:४९ बजे उप्रान्त तैतिल। चन्द्रराशि मकर । आनन्दादी योग सौम्य  । दिनमान ३० घडी ०८ पला । सूर्योदय ६: ११ बजे । सूर्यास्त १८: १४ बजे । सूर्योदयकालिन स्पस्ट ग्रहहरु

Advertisement

तपाइको आजको  राशीफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, )

धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्नेछ । प्रेम सम्बन्ध कसिलो हुनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

आज अरुलाई प्रभावित पारेर काम बन्नेछ । रोकिएको धन हात पर्ला । न्यायिक कार्यमा सफलता मिल्नेछ । व्यापारमा मनग्ये धनलाभ हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

आज स्वास्थ्यमा खर्च बढ्नेछ । यात्रामा मालसामान हराउन सक्छ । सानो तिना समस्यामा अल्झिनुपर्नेछ । शरीरमा स्फूर्ति र उमङ्गको कमी आउला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

आज नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । सांस्कृतिक क्षेत्रमा रुची बढ्नेछ । शुभारम्भको चर्चा चल्नेछ । आँको काम पुरा हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

रोकिएका काम पुनः सुरु हुन सक्छन् । आर्थिक कारोवारमा सफलता पाइएला । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । लाभदायक यात्रा होला ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । घरमा अतिथीको आगमन हुनेछ । भूमिबाट लाभ मिल्ला । साथीभाइले पनि राम्रै सहयोग गर्नेछन् ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

आज लगनशीलताको कमिले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिएला । सहकर्मीबाट विरोध आउला । नियमित खर्चसमेत बढ्ने योग छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

ठीक समयमा सही निर्णय लिन सकिनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ । लाभदायक यात्रा हुनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । नयाँ काम सुरु गर्ने समय छ । वाक्चतु¥र्याईँले सङ्कल्प सिद्घ हुनेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि)

आज महत्त्वपूर्ण कामको थालनी हुनेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । लक्ष्मी प्रसन्न हुने योगछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

नाक तथा घाँटीमा समस्या आउन सक्छ । साझेदारी काममा उल्झन आउनेछ । सामान हराउने वा चोरी हुने सम्भावना छ । बन्न लागेको कामपनि विग्रिएला ।

मीन (दि, दु, , , , दे, दो, चा, चि)

भाग्यले विभिन्न अवसर जुराउनेछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । घरमा अतिथीको आगमन हुनेछ । संगीतमा रुचिपनि बढ्नेछ ।ज्यो.प. नारायणप्रसाद दुलाल

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...