वि.सं. २०७६ माघ १७। शुक्रबार। इ.स. २०२० जनवरी ३१। शकसंवत् १९४१। परिधावी संवत्सर। उत्तरायण। शिशिर ऋतु। ने.सं. ११४० सिल्लाथ्व। माघ शुक्लपक्ष। षष्ठी, १२:५९ उप्रान्त सप्तमी। नक्षत्र– रेवती, १५:५१ बजेउप्रान्त अश्विनी। योग– साध्य, २८:०१ बजेउप्रान्त शुभ। करण– तैतिल, १२:५९ बजेदेखि गर, २५:५७ बजेउप्रान्त वणिज। आनन्दादिमा श्रीवत्स योग। चन्द्रराशि– मीन, १५:५१ बजेउप्रान्त मेष। काठमाडौंमा सूर्योदय– ६:५३ बजे, सूर्यास्त– १७:४२ बजे र दिनमान २७ घडी १ पला। पञ्चक १५:५१ बजे समाप्ति। स्कन्द षष्ठी। सर्वार्थसिद्धि योग अहोरात्र।
आजको रासीफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
गरेको काममा अपेक्षाकृत सफलता हात नपर्ला । कसैसँग बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनुहोला । सकेसम्म कम बोल्नु तथा नै हितकर हुन्छ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज राज्यबाट मान सम्मान पाइनेछ । आँटेको र ताकेको कार्य पुरा होला । शुभकार्यको चर्चा चल्नेछ । विभिन्न माध्यमबाट सहयोग प्राप्त होला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज नयाँ कर्यको सुरुवात गर्न सकिनेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । व्यापारमा मनग्ये धनलाभ हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)  
आज आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । अचल सम्पत्ती हात पर्ने योगछ । शुभ समाचार सुन्न पाइएला । कहीँ–कतैबाट कुनै उपहार प्राप्त होला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आफूलाई कमजोर भएको अनुभूति हुनेछ । अरूले सापटी लगेको रकम फिर्ता गर्न गारोपर्ला, तर मतभेद भए पनि माया एवं समझदारी भने कायम रहनेछ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
कार्य सम्पादनमा सहजता मिल्नेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । बैदेशिक कार्य अघि बढ्नेछ , तर व्यक्तिगत खुसीका लागि खर्च हुनसक्छ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
शुभारम्भको चर्चा चल्नेछ । नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । सांस्कृतिक क्षेत्रमा रुची बढ्नेछ । धार्मिक कार्यमा सहभागी भईनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आत्मिक सन्तुष्टि मिल्नेछ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । विभिन्न कुराको जिम्मेवारी निर्वाह गर्नुपर्नेछ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
यात्रामा सावधानी अपनाउनु पर्नेछ । अनावश्यक ठाउँमा धन खर्च हुनेछ । वैदेशिक क्षेत्र कमजोर रहला । परिवारको खुसीका लागि केही खर्च गर्नुपर्ला ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
आज शुभकार्यको चर्चा चल्नेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । व्यक्तिगत खुसीका लागि किनमेल हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आफ्नो इच्छानुसार समय बिताउने अवसर जुर्नेछ । शुभकार्यको चर्चा चल्नेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेलाछ । परिवारमा सुख सन्तोष छाउनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज पारिवारिक सुख एवं सहयोग मिल्नेछ । प्रेमीको सहयोग प्राप्त हुनेछ । अतिथिको रूपमा सत्कार पाइएला । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ ।