मोटरसाइकल दुर्घटनामा मकवानपुरका एक जनाको मृत्यु भएको छ । काठमाडौंको सोल्टीमोडमा मोटरसाइकल दुर्घटना हुँदा मकवानपुर चित्लाङका २७ वर्षिय बुद्ध गोलेको मृत्यु भएको छ । प्रदेश ३–०२–००७ प ९१९४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते गोलेको उपचारका क्रममा वीर अस्पतालमा मृत्यु भएको छ ।