करेन्ट लागेर कैलालीमा एक जनाको मृत्यु भएको छ। गोदावरी नगरपालिका-१ स्थित नेपाल विद्युत प्राधिकरण अत्तरियाको कम्पाउन्ड भित्र सु.प.प्र. ०१–००१–ख २६७४ नम्बरको ट्रकमा विद्युतको तारहरू लोड गर्ने क्रममा करेन्ट लागेर सोही ट्रकका सहचालकको मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा बझाङको केदारस्यु गाउँपालिका–१ का २१ वर्षीय सन्तोष भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए ।