सर्बियन खेलाडी नोभाक जोकोभिचले विम्बल्डन टेनिस अन्तर्गत पुरुषतर्फको उपाधि जितेका छन् । लण्डनस्थित सेन्टर कोर्टमा आइतबार भएको फाइनलमा अष्ट्रेलियन निक क्रिगोसलाई हराउँदै जोकोभिचले उपाधि जितेका हुन् ।विश्व नम्बर एक जोकोभिचले सुरुआती एक सेट गुमाए पनि उत्कृष्ट पुनरागमन गर्दै उपाधि हात पारेका हुन् । जोकोभिचले निकमाथि ४–६,६–३,६–४ र ७–६ ९७–३० को सेटमा जीत निकाले ।

यससँगै जोकोभिचले लगातार दोस्रो पटक विम्बल्डनको उपाधि हात पारेका छन् ।यस्तै जोकोभिचले सातौं पटकको विम्बल्डनको उपाधि जितेका हुन् ।जोकोभिचको यो २१ औं ग्रान्डस्लाम उपाधि हो । महिलातर्फको उपाधि काजकिस्तानकी इलिना राइबाकिनाले जितेकी छिन् । फाइनलमा ट्युनिसियाकी ओन्स जाबेरलाई हराउँदै राइबाकिना विम्बल्डनको नयाँ च्याम्पियन बनेकी हुन् ।