Comments Add Comment

पत्रकार पुनर्बहालीको माग गर्दै प्रेस युनियन मकवानपुरले ज्ञापन पत्र बुझायो

 रेडियो नेपालको सूदूरपश्चिम प्रादेशिक केन्द्र दिपायलबाट निष्कासन गरिएका पत्रकारहरुको पुनर्बहालीलगायत माग राख्दै नेपाल प्रेस युनियन मकवानपुरले प्रधानमन्त्री र सूचना तथा सञ्चार प्रविधि मन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । केन्द्रीय कार्यक्रमअनुसार बुधबार जिल्ला प्रशासन कार्यालयमकवानपुरमार्फत युनियनले ज्ञापनपत्र बुझाएको हो ।


युनियन मकवानपुरका अध्यक्ष पोष्टराज अधिकारी कुमार, युनियन केन्द्रीय सदस्य राममणि दाहाल, केन्द्रीय पार्षद सविन न्यौपाने, युनियन सचिव केशव समर्पणलगायतले मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्मामार्फत प्रधानमन्त्री केपी शर्मा ओली र सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बास्कोटालाई संयुक्त रुपमा ज्ञापनपत्र बुझाइएको हो ।
सरकारी सञ्चार माध्यममा लामो समयदेखि कार्यरत पत्रकारहरुलाई बिना कारण जागिरबाट निष्काशन गर्ने तथा करार अवधि थप नगर्ने जस्ता कार्यहरुप्रति नेपाल प्रेस युनियनको गम्भीर ध्यानाकर्षण भएको ज्ञापनपत्रमा उल्लेख छ । 


रेडियो नेपाल सुदूरपश्चिम प्रादेशिक केन्द्र दिपायलमा लामो समयदेखि कार्यरत पत्रकारहरु प्रकाश बम, सुनिता रावल र चक्रबहादुर कुवँरलाई राजनीतिक पूर्वाग्रह साँधेर रेडियो प्रसार विकास समितिले कामबाट हटाईएको भन्दै पनुर्बहाली गर्न माग गरिएको छ ।
साथै अन्य सरकारी सञ्चारमाध्यममा पनि वर्तमान सरकारले लामो समयदेखि काम गरिरहेका व्यवसायिक पत्रकारलाई निष्कासन गरी आफ्ना पार्टीका कार्यकर्ता भर्ती गर्ने तथा स्टिङगरको म्याद थप नगरेकोप्रति पनि युनियनले ध्यानाकर्षण भएको बताएको छ ।


सरकारले मिडिया काउन्सिल विधेयक सरोकारवाला संघसस्थासँग कुनै सल्लाह र परामर्श नगरी एकाएक राष्ट्रियसभाबाट प्रक्रिया अघि बढाएकोप्रति पनि आपत्ति जनाइएको छ । संसदमा रहेका दलहरुको सहमतिबाटै मिडिया काउन्सिल लगायत विधेयक पारित गर्नुपर्ने युनियनकोमाग छ ।
विवादास्पद प्रावधानलाई राखेर प्रेस काउन्सिलले असोज ६ गतेबाट आचारसंहिता लागू गर्ने भनिएकोमा पनि असहमति रहेको युनियने बताएको छ । 
प्रेस स्वतन्त्रता विरोधी कुनै पनि क्रियाकलाप सह्य नहुने भन्दै युनियनले आफूहरुको माग पूरा नभए अर्को चरणको आन्दोलन गर्ने चेतावनी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर