Comments Add Comment

कांग्रेस भातृसंगठनको म्याद ६ महिना थपियो

 नेपाली कांग्रेसले कार्यकाल सकिएका भ्रातृ संस्थाहरुकोे म्याद ६ महिनाका लागि थप गरेको छ । मंगलबार राति सम्पन्न केन्द्रीय कार्यसमिति बैठकले कार्यकाल सकिएका भ्रातृ संस्थाहरुको म्याद थप्ने निर्णय गरेको हो । 

म्याद थपिएको अवधिसम्म म्याद सकिएका भ्रातृ संस्थाहरुका वर्तमान कार्यसमितिहरु अधिवेशन तयारी समितिका रुपमा रहने र उनीहरुले थपिएको समयावधिभित्रै अधिवेशन गरिसक्नु पर्ने बताइएको छ ।केन्द्रीय कार्यसमिति बैठकले अधिवेशन गर्न नसकेका भ्रातृ संस्थाहरुको कार्यकाल छ महिना थप गर्ने निर्णय गर्दै मापदण्ड निर्माणका लागि केन्द्रीय सदस्य एनपी साउदको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरेको छ । 

कांग्रेसका १३ भ्रातृ संस्थामध्ये अधिकांशको कार्यकाल समाप्त भइसकेको छ । कार्यकाल समाप्त हुने भ्रातृ संस्थामा नेपाल दलित संघ, नेपाल किसान संघ, प्रजातान्त्रिक सेनानी संघ, आदिवासी जनजाति संघ, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ, नेपाल तामाङ संघ र नेपाल ठाकुर समाज रहेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर