प्रहरी र विद्यार्थीबी झडप हुँदा अनेरस्ववियु सँयोजकसहित ८ जना घाईते

पक्राउ परेका विद्यार्थी नेतालाई भेट्न प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लब पुगेका सत्ताधारी नेपाल कम्युनिस्ट पार्टीको विद्यार्थी संगठन अनेरास्ववियुका संयोजक ऐन महरसहित ८ जना घाइते भएका छन्।

केही व्यक्तिलाई पक्राउ परेकासँग भेट्न मिल्ने भए पनि संयोजक महर ठूलो समूह लिएर जबर्जस्ती भित्र जान खोजेपछि प्रहरीले बल प्रयोग गरेको महानगरीय प्रहरी परिसरका प्रवक्ता डिएसपी होबिन्द्र बोगटीले बताए। ठूलो समूह पुलिस क्लबभित्र प्रवेश गर्न खोज्दा रोक्ने क्रममा झडप भएको उनले बताए। प्रहरी र विद्यार्थीबीच झडप हुँदा आठ विद्यार्थी नेता घाइते भएका हुन्। पक्राउ परेका विद्यार्थीलाई भेट्न जाने क्रममा प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लब अगाडि साँझ ६ बजे झडप भएको थियो।

झडपमा अनेरास्ववियुका संयोजक महर, नेता सुदेश पराजुली, समिक बडाल, सागर भट्ट, राजकुमार महतारासहित आठ जना घाइते भएको अनेरास्ववियूका सहसंयोजक रञ्जीत तामाङले जानकारी दिए। महानगरीय प्रहरी परिसरका प्रवक्ता एवम् प्रहरी नायक उपरीक्षक होविन्द्र बोगटीले पक्राउ परेका विद्यार्थी नेतालाई भेट्न जाँदा झडप हुँदा उनीहरू घाइते भएको बताए। ‘चिकित्सा शिक्षा अध्ययन संस्थानका आन्दोलनरत विद्यार्थीलाई पक्राउ गरेर पुलिस क्लबमा राखिएको थियो।

उहाँहरु ती विद्यार्थी नेतालाई भेट्न आउनु भएको थियो’, उनले भने, ‘सोही क्रममा विद्यार्थी र प्रहरीबीच झपड हुँदा उहाँलाई चोट लागेको हो।‘ सहसंयोजक तामाङका अनुसार सामान्य घाइते भएका सबैको  प्रदर्शनीमार्गस्थित काठमाडौं मोडेल अस्पतालमा उपचारपश्चात् घर फर्किएका छन्। चिकित्सा शिक्षाको सुधारको माग राख्दै विद्यार्थीले चिकित्सा अध्ययन संस्थानमा ताला लगाएका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

00000

लेखकको बारेमा

वरिष्ठ समाचार लेखक

0 लेखहरू
1970-01-01 सदस्य भएको
0 कमेन्टहरू
Ad
Ad