Comments Add Comment

जिल्ला लिगमा ३ टिमको विजय सुरुवात एक खेल बराबरीमा रोकियो

हेटौंडाको लोकतान्त्रिक चौरमा बुधबारबाट सुरु भएको दानबहादुर स्मृति जिल्ला लिग फुटबल प्रतियोगितामा साविक विजेता एफसी इन्टरनेट सिटी, सहीद स्मृति क्लव बागमति गाउँपालिका र मदन भण्डारी स्पोर्टस् एकेडेमीले विजय सुरुवात गरेका छन् ।

उद्घटनको पहिलो खेलमा साविक विजेता एफसी इन्टरनेटले परेली युवा समाज बस्तीपुरलाई ३–० ले हराएको छ ।इन्टरनेटको जितका लागी मनिष घलानले दुई तथा चन्द्र नेगीले एक गोल गरे । दुई गोल गर्ने घलान खेलको म्यान अफ दी म्याच घोषित भए । यस्तै बुधबारनै भएको दोस्रो खेलमा सहीद स्मृति क्लव बागमति गाउँपालिकाले इन्टरनेट क्लवलाई २–० गोलको अन्तरले हराएको छ । बागमतिको जितको लागी उत्कृष्ट प्रदर्शन गरेका रत्न मगर म्यान अफ द म्याच घोषित भए ।
बुधबार नै भएको तेस्रो खेलमा मदन भण्डारी स्पोर्टस् एकेडेमी विजय भएको छ । मदन भण्डारी स्पोर्टस् एकेडेमीले हेटौंडा फुटबल एकेडेमीलाई ४–० गोलले पराजित गरेको छ । खेलमा दुई गोल गरेका अविनास खड्का म्यान अफ दी म्याच घोषित भए । यस्तै बुधबार भएकोे चौथो खेल बराबरीमा टुङ्गिएको छ । चौथो खेलमा न्यू कम्बाइन्ड क्लव र प्रगतिशील युवा क्लव २–२ गोलको बराबरीमा रोकिएका छन् । उक्त खेलको म्यान अफ दी म्याच प्रगतिशीलका बुद्ध लामा घोषित भए ।
खेलको विजेताले नगद १ लाख रुपैयाँ र उपविजेताले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर