स्पेनिस ला लिगा फुटबल अन्तर्गत आइतबार राति भएको मड्रिड डर्बीमा शीर्षस्थानको रियल मड्रिड विजयी भएको छ । घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडले एथ्लेटिको मड्रिडलाई २–० ले पराजित गरेको हो । उसको जितमा १६ औँ मिनेटमा करिम बेन्जिमा तथा ५७ औँ मिनेटमा मार्को एसेन्सिओले गोल गरे । जितपछि शीर्ष स्थानको रियल मड्रिडको १७ खेलबाट ४२ अंक भएको छ । उ दोस्रो स्थानको सेभिल्लाभन्दा ८ अंकले अघि रहेको छ । चौथो स्थानमा रहेको एथ्लेटिको मड्रिड भने १६ खेलबाट २९ अंकसहित चौथो स्थानमा छ ।