मकवानपुरमा विहिबार बिहानै थप ४२ जनामा कोरोना भाइरसका संक्रमीत पुष्टि भएको छ । कात्र्तिक १२ गते ६९ जनाको स्वाब संकलन गरिएकोमा ४२ जनाको रिपोर्ट पोजेटिभ आएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक भोला चौलागाईले बताउनुभयो । संक्रमित हुनेहरु मध्य २३ जना पुरुष र १९ जना महिलामा रहेका छ । संक्रमण हुनेहरुमा हेटौंडा उपमहानगरपालिकाका क्षेत्रका ४१ जना र मकवानपुरगढि गाउपालिकाका १ जना रहेका छन् ।