Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

आईपिएल : बैंगलोरमाथि मुम्बई ५ विकेटले विजयी

Company Register

ईन्डियन प्रिमियर लिग आईपिएलमा साविक विजेता मुम्बई इन्डियन्स प्ले अफ नजिक पुगेको छ । बुधबार राति भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ५ विकेटले पराजित गर्दै मुम्बई प्ले अफ नजिक पुगेको हो । शेख जायद क्रिकेट स्टेडियममा बैंगलोरले दिएको १ सय ६५ रनको लक्ष्य मुम्बईले १९ ओभर १ बलमा ५ विकेट गुमाएर पुरा गर्‍यो । मुम्बईको जितमा सूर्यकुमार यादबले अविजित रहँदै ७९ रनको बनाए । यस्तै इशान किसनले २५ रन जोड्दा क्विनटन डी ककले १८ रन जोडे । हार्दिक पाण्डय १७ रनमा आउट हुँदा कुर्नाल पाण्डयले १० रन बनाए ।

Advertisement

बैंगलोरका युजभेन्द्र चाहल र मोहमद सिराजले २र२ विकेट लिए । क्रिस मोरिसले १ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो । बैंगलोरका लागि ओपनर देबदुत पडीकलले ७४ रनको अर्धशतकीय इनिङ्स खेले । ४५ बलमा उनले १२ चौका र १ छक्का प्रहार गरे । यस्तै जोस फिलिपले ३३ रन जोड्दा एबी डी भिलियर्सले १५ रन बनाए । मुम्बईका जस्प्रित बुम्राहले ३ विकेट लिए । उनले आईपीएलमा १ सय विकेटको आँकडा समेत पूरा गरेका छन् । जितपछि मुम्बईले १२ खेलमा १६ अंक जोडेको छ । आठौं जित निकालेको मुम्बई शीर्ष स्थानमा यथावत रहेको छ । बैंगलोर भने १२ खेलमा १४ अंकसहित दोस्रो स्थानमा छ ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...