यो वेवसाइट अनलाइन पत्र डट कम् को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषा र अँग्रेजी भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

आज २०७७ कार्तिक १३ गते बिहीवार को राशिफल


आजको पञ्चाङ्ग

Advertisement
बि.सं. २०७७ कार्तिक १३। बिहीवार। इ.सं. 29 October 2020 । शक संवत १९४२ । नेपाल संवत ११४० कौलाथ्व । प्रमादी । दक्षिणायन । शरद ऋृतु । आश्विन शुक्लपक्ष। तिथि त्रयोदशी , १५:२५ बजे उप्रान्त चतुर्दशी नक्षत्र उत्तरभाद्रपदा , १३:१८ बजे उप्रान्त रेवती योग हर्षण , २८:३५ बजे उप्रान्त वज्र करण वालव तैतिल १५:२५ बजेदेखि गर , २८:२४ बजे उप्रान्त भद्रा चन्द्रराशि मीन । आनन्दादी योग छत्र । दिनमान २७:४७ पला । सूर्योदय ०६:१३ बजे । सूर्यास्त बेलुका १७:२०
पञ्चक। अर्घाखाँचीमा सराय पर्व। सर्वार्थसिद्धि योग १३:१८ बजेपछि।
तपाईको आजको राशीफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
कार्य सम्पादनमा समस्या आउनेछ । अनावश्यक झमेलामा परिएला । शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । मनमा चञ्चलता बढ्नेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
विश्वास गरेकाले साथ दिनेछन् । राज्य बाट मान सम्मान पाइनेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । धार्मिक यात्राको योगछ । शुभकार्यको योगछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
रमाइलो यात्राको योग रहेको छ । कला र गलाको प्रभाव बढ्नेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
शरीरमा स्फूर्ति र उमङ्ग छाउनेछ । विशिष्ट व्यक्तिको सहयोग पाईनेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । शुभ समाचार सुन्न पाइएला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
नयाँ ठाउँमा आर्थिक लगानी गर्नु उपलब्धीमूलक हुँदैन । गरेका काममा ढिलासुस्ती हुनेछ । स्वास्थ्यमा स्मस्या आउँदा धन खर्च हुनेछ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज विद्या र बुद्धिको विकास हुनेछ । धर्म, तथा समाजसेवामा मन लाग्नेछ । मान प्रतिष्ठामा बृद्धि होला । क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
राजनैतिक कार्यमा सफलता मिल्नेछ । विशिष्ट व्यक्तिको सहयोग मिल्ला । पढाइलेखाइमा प्रगति हुनेछ । पारिवार संग रमाइलो भेटघाट हुनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज शुभकार्यको चर्चा चल्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । आफन्तको सहयोग प्राप्त हुनेछ । कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । मित्रताको बन्धन कसिनुका रमाउने समय छ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
चिन्ता छाडेर चिन्तन गर्ने समयछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ, नयाँ ज्ञान प्राप्त हुने योग छ । नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
सामाजिक तथा धार्मिक कार्यमा रुची बढ्नेछ । शिक्षामा सफलता मिल्ला । शुभ समाचार सुन्न पाइएला । वैदेशिक क्षेत्रको लगानी लाभदायक हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज समाजसेवाका कामबाट लाभ हुनेछ । व्यापार व्यवसायमा औसत लाभ हुनेछ । नयाँ वस्त्र, अलंकारको प्राप्ति होला । रोमाञ्चक यात्रा होला