Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

आज मिति २०७६ चैत ०७ गते शुक्रवार , तपाइको आजको राशिफल हेर्नुहोस्

Company Register

आजको पञ्चाङ्ग

बि.सं. २०७६ चैत ०७ गते शुक्रवार । इ.सं. 2020 March 20 । शक संवत १९४१ । नेपाल संवत ११४० चिल्लागा । परिधावी संवत्सरउत्तरायण वसन्त ऋृतु चैत्र कृष्णपक्षतिथि एकादशी, ८:०६ बजे उप्रान्त द्वादशी । नक्षत्र श्रवण , १८:४८ बजे उप्रान्त धनिष्ठा । योग शिव , १३:४८ बजे उप्रान्त सिद्ध । करण वालव ८:०६ बजेदेखि कौलव , २०:३१ बजे उप्रान्त वणिज । चन्द्रराशि मकर । आनन्दादी योग धुम्र   । दिनमान ३० घडी १२ पला । सूर्योदय ६: १० बजे । सूर्यास्त १८: १५ बजे । सूर्योदयकालिन स्पस्ट ग्रहहरु

Advertisement

तपाइको आजको  राशीफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, )

नयाँ तथा शुभकार्यको चर्चा चल्नेछ । परिवारमा सुख सन्तोष छाउनेछ । आज दाम, इनाम र प्रतिष्ठाकमाउने बेलाछ । कला र गलाको प्रभाव बढ्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

आज प्रेमीको सहयोग प्राप्त हुनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । न्यायिक कार्यमा सफलता मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

सरकारी निकाएको भय रहला । व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ । अविश्वाश उत्पन्न हुनेछ । परिवारमा झैँ–झमेलाको अवस्था आउला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

आज रोकिएको धन हात पर्ला । धर्म कर्म,परोपकार,समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । अतिथिको रूपमा सत्कारपनि पाइनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

आज आफन्त संग भेट घाट हुनेछ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । स्वादिष्ट भोजन पाईनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

शुभ समाचार सुन्न पाइएला । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । राज्यबाट मान सम्मान पाइनेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

बन्न लागेको काम विग्रिनेछ । प्रेममा बाधाका साथै मन कमजोर रहला । दुष्ट व्यक्तिको संगतले आत्मघाती काम गर्न पुगिएला सचेत रहनुहोला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

अरुलाई प्रभावित पारेर काम बन्नेछ । मनोरञ्जनमा सहभागी भइएला । परिवारिक सद्भाव बढ्नेछ । व्यापार,व्यवसायमा पर्याप्त लाभ मिल्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । अचल सम्पत्ति हात पर्ने योगछ । आँटेको र ताकेको कार्य पुरा होला । कलकारखाना र बन्दव्यापारमा फाइदा हुनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि)

सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । आकस्मिक धन लाभ हुनेछ । जोश जाँगर र हिम्मत बढ्नेछ । दाम्पत्य जीवन सुखमय हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

लाभ,हानी,आय,व्यय,सुख,दुख वरावरी मध्यम खालको दिनछ । ठुलो कारोबारमा लगानी नगर्दा वेश हुनेछ । आत्म विश्वासमा कमी आउनेछ ।

मीन (दि, दु, , , , दे, दो, चा, चि) नयाँ कार्यको थालनी हुनेछ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । पदोन्नतीको सम्भावनापनि प्रवलछ । ज्यो.प. नारायणप्रसाद दुलाल

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...