Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

पाथीभरा माताले तपाईको मनोकामना पूरा गरुन् ! हेर्नुहोस् , २०७७ वैशाख १६ गते को राशिफल

Company Register

आजको पञ्चाङ्ग

बि.सं. २०७७ वैशाख १६ गते मंगलवार ।  इ.सं. 2020 April 28। शक संवत १९४२ । नेपाल संवत ११४० बछलाथ्वप्रमादीउत्तरायण वसन्त ऋृतु वैशाख शुक्लपक्ष तिथि पञ्चमी , ११:५७ बजे उप्रान्त षष्ठी । नक्षत्र आर्द्रा , २२:३२ बजे उप्रान्त पुनर्वशु । योग सुकर्मा , २०:२३ बजे उप्रान्त धृति । करण वालव ११:५७ बजेदेखि कौलव , २३:४३ बजे उप्रान्त वणिज । चन्द्रराशि मिथुन । आनन्दादी योग चर । दिनमान ३२ घडी ४६ पला । सूर्योदय ०५: २९ बजे । सूर्यास्त १८: ३५ बजे ।

Advertisement

श्री आद्यगुरु शंकराचार्य जयन्ती। श्रीरामानुजाचार्य जयन्ती।

तपाईको आजको  राशीफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, )

आज नयाँ कार्यको योजना बन्नेछ । बोलीको प्रभाब बढ्नेछ । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । स्वादिष्ट भोजनपनि पाईनेछ ।   

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । सन्तान सुख मिल्नेछ ।     

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

धार्मिक, सामाजिक र अरुको हित हुने काममा समय व्यतीत हुनसक्छ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । दैनिक कार्यमा प्रगती हुनेछ ।        

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

प्रयत्न गर्दा पनि उपलब्धि पाउन मुस्किल पर्नेछ । आर्थिक कारोवारमा मन्दी आउला । पेटसम्बन्धी समस्याले पिरोल्न सक्छ ।  

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

आस मारेको काम बन्नेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । अचल सम्पत्ती हात पर्ने योगछ । आँटेको र ताकेको कार्य पुरा हुनेछ ।    

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

शुभ समाचार सुन्न पाइएला । परिवारजनको साथले नयाँ आशा जगाउनेछ । नयाँ सवारी साधन प्राप्तिको योग छ । अरुको मन जित्न सकिनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

आज परोपकार तथा पूण्य आर्जन गर्न संलग्न भइनेछ । रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

मन भावुक र उत्ताउलो बन्नेछ, आफूलाई अनुशासित र संयम बनाउनु पर्छ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला ।    

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

आज अनुहारमा कान्ति र मनमा शान्ति छाउला । धार्मिक र न्यायिक कार्यमा सफलता मिल्नेछ । दैनिक कार्यमा प्रगती हुनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि)

आजबाट रोकिएको कार्य पुन: सुचारु हुन सक्छ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । शुभकार्यको चर्चापनि चल्नेछ ।            

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

लामो समयदेखिका बाधाहरू स्वत: फुकुवा हुनेछन् । कला र गलाको प्रभाव बढ्नेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ ।    

मीन (दि, दु, , , , दे, दो, चा, चि)

सामाजिक र पारिवारिक सम्बन्धमा चिसोपन देखिन सक्छ । मित्रहरूले वचन पूरा नगर्दा आर्थिक हैरानी बेहोर्नुपर्ला । घरायसी समस्या बढ्नेछ । ज्यो.प. नारायणप्रसाद दुलाल

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...