Comments Add Comment

विश्वभर कोरोनाका कारण ३० लाख भन्दा बढी संक्रमित , अमेरिकामा ५६ हजारको मृत्यु

विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाभाइरस सङ्क्रमितको संख्या ३० लाख नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार हालसम्म विश्वका १ सय ८५ देशमा कोरोनाभाइरस फैलिइसकेको छ । विभिन्न माध्यमहरूबाट तथ्याङ्क सङ्कलन गरेर उक्त विवरण विद्यालयले सार्वजनिक गर्ने गर्छ ।

कोरोना भाइरसका कारण हालसम्म २ लाख ८ हजार मानिसले ज्यान गुमाइसकेका छन् । विश्वमा सबैभन्दा धेरै सङ्क्रमण अमेरिकामा देखिएको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा १० लाख भन्दा बढी संक्रमित हुदा ५६ हजारले ज्यान गुमाइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर